तिथि घटबढका कारण जनमानसमा भ्रम परेको भन्दै विज्ञप्ति निकालेर यसबारे प्रष्ट पारेको हो। केही स्थानीय तहले विशेष गरी नेवार समुदायमा मनाइने गाइजात्रा पर्वका लागि आज (बुधबार) जनैपुर्णिमा र भोलि बिहिबार गाईजात्रा अर्थात् सापारु पर्व मनाउने निर्णय गरेका छन्। भक्तपुर नगरपालिकाले सूचना नै प्रकाशन गरेर १३ गते रक्षाबन्धन र १४ गते गाईजात्रा अर्थात् सापारु पर्व मनाउने निर्णय गरेको छ।