चितवनमा साइबर अपराध बढ्यो, उजुरी दिनेमा फेसबुक र म्यासेन्जरका प्रयोगकर्ता बढी

चितवन, १३ भाद्र। चितवनमा बर्सेनि साइबर अपराधको घटना बढ्दै गएको छ । सामाजिक माध्यमहरुको प्रयोग बढ्दै गएसँगै साइबर अपराधका घटना बढ्दै गएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०७८्/७९मा साइबर अपराधसम्बन्धी २२३ उजुरी दर्ता भएका छन् । जसमा सामाजिक सञ्जाल फेसबुक, ट्विटर, युट्युब, म्यासेन्जर, इमो, इन्स्ट्राग्राम, अनलाइन, इमेल, भाइबर र ह्वाटसपमार्फत् साइबर अपराधका घटना हुने गरेका छन् । प्रहरीमा २२३ उजुरी दर्ताभएको मध्ये १८९ घटना फेसबुक र म्यासेन्जरका माध्यमबाट पीडित हुनेहरूले उजुरी दर्ता गरेका थिए । यस्तै ९ टिकटक, १० इन्स्ट्राग्राम र १५ अन्यगरी साइबर अपराधका घटनाको उजुरी दर्ता गरेका थिए ।

यस्तै आर्थिक वर्ष२०७९्/८० मा साइबर अपराधसम्बन्धी ३२४ उजुरी दर्ता भएका छन् । जसमा सामाजिक सञ्जाल २४० फेसबुक, म्यासेन्जर, १३ इन्स्ट्राग्राम, ६२ टिकटक, १६ अन्यमार्फत साइबर अपराधका घटना हुने गरेका छन् । २०७८्०७९को अनुसार आर्थिक वर्ष २०७९्/८० मा १०१ ले घटना बढेको हो ।

यस्तै चालु आर्थिक वर्ष २०८०्/८१ को भदौ ११ गतेसम्मको तथ्याङकमासाइबर अपराधसम्बन्धी ७७ उजुरी दर्ता भएका छन् । चालु आर्थिक वर्षको डेढ महिनामै ७७ उजुरी दर्ता भएका हुन् ।

कार्यालयकाअनुसार युवा वर्ग साइबर अपराधमा बढी सक्रिय छन् । जसमध्ये ३०–३५ वर्षसम्मका युवायुवती यस्ता घटनामा बढी संलग्न भएका देखिएको प्रहरीको तथ्यांकमा छ । कम्प्युटर, मोबाइललगायत जस्ता विद्युतीय उपकरणको नेटवर्कका माध्यमबाट हुने आपराधिक कार्य साइबर अपराधभित्र पर्छ । इन्टरनेटको व्यापक प्रयोगका कारण पछिल्लो समय साइबर क्राइम बढिरहेको छ ।

कार्यालयका प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले सामाजिक सञ्जाल प्रयोग गर्नेको संख्या बढी भएकोले साइबर अपराधसम्बन्धी घटना बढेको बताए । उनले भने, ‘पछिल्लो समय सामाजिक सञ्जाल चलाउनेको संख्या बढी भएकोले साइबर अपराधका घटना भएको हो । यो नै मुख्य कारण हो ।’
उनले मोबाइल भनेको चलाउन मात्र हो भन्ने सोच व्यक्तिमा रहेको बताए । उनले मानिसले अनावश्यक रूपमा नचाहिने कुरा सामाजिक सञ्जालमा पोस्ट गरेका कारण साइबर अपराध बढेको बताए । साइबर अपराधसम्बन्धी मुद्दामा घटनाको ३५ दिनभित्र सत्यतथ्य सूचनासहित प्रहरी कार्यालयमा दर्ता गरिसक्नुपर्ने उनले जानकारी दिए ।

कार्यालयका प्रहरी जवान भोजराज श्रेष्ठका अनुसार इन्टरनेटका विभिन्न माध्यममध्ये सबैभन्दा बढी अपराधिक घटना सामाजिक सञ्जाल फेसबुक र म्यासेन्जरबाट हुने गरेको देखिएको छ । जसमा १५–१६ बालबालिका र ३०–३५ वर्षसम्मका युवायुवती कार्यालयमा साइबर अपराधसम्बन्धी निवेदन दर्ता भएका छन् । जसमा कार्यालयमा पुरुष भन्दा बढी निवेदन दर्ता गर्नेमा महिला बढी रहेका छन् । उनकाअनुसार इन्टरनेटका विभिन्न माध्यम मध्ये सबैभन्दा बढी अपराधिक घटना सामाजिक सञ्जाल फेसबुक र म्यासेन्जरबाट हुने गरेको देखिएको छ । निरुता विक/ नारायणी अनलाईन