राष्ट्रिय प्रजातन्त्र पार्टी भरतपुर १७ मा चन्द्रमाया दुराको नेतृत्व

भरतपुर, १३ भाद्र । नविन राप्रपाको अवधारणअन्र्तगत भरतपुर महानगरपालिका–१७ मा २१ सदस्यीय वडा कमिटी पुर्नगठन गरिएको छ । चन्द्रमाया दुराको अध्यक्षतामा २१ सदस्यीय वडाकमिटी गठन गरिएको हो ।

कमिटीको उपाध्यक्षमा इन्द्रकुमारी महतो, सचिवमा रिना महतो, सह–सचिवमा शुसिला महतो, कोषाध्यक्षमा शर्मिला महतो रहेका छन् । यस्तै सदस्यहरुमा लक्ष्मी परियार, ललिता थापा मगर, हिरा थापा, सावित्री महतो, विष्णु महतो, पूर्णकुमारी महतो, पवी महतो, रुपा चौधरी, सागर महतो, होमबहादुर महतो, टिका थापा मगर, अनिल महतो, श्यामलाल महतो र यमलाल चौधरी रहेका छन् ।

भरतपुर महानगरपालिका १६ देखि २९ सम्मका संगठन विस्तार तथा सुदृढीकरण संयोजक तथा राप्रपा सह–महामन्त्री रिना गुरुङको प्रमुख अतिथि रहेको भेलाले नविन राप्रपाको संयोजकमा धानमाया महतो, महिला संगठनकको संयोजकमा विष्णु महतो, युवा संगठन संयोजकमा सागर महतो र किसान संगठनको संयोजकमा टिका थापा मगरलाई चयन गरेको छ ।