पेट्रोल, डिजेल र खाना पकाउने ग्यासमा मूल्य बढ्यो

काठमाडौँ, १५ भाद्र । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमले बिहीबार एक विज्ञप्ति जारी गर्दै पेट्रोलियम पदार्थको मूल्य बढेको जानकारी गराएको हो।

निगमका अनुसार पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँले वृद्धि भएको छ। त्यस्तै, मट्टितेलको मूल्य ३ रुपैयाँले बढेको निगमले जनाएको छ।

काठमाडौंमा प्रतिलिटर १८२ र डिजेल/मट्टितेलमा प्रतिलिटर १७० पुगेको छ।
यसअघि काठमाडौंमा पेट्रोल १७८ र डिजेल/मट्टितेल १६७ रुपैयाँ थियो।