चितवन स्कूल अफ फेशनले ‘ग्राजुसन फेशन शो गर्ने’, शनिबार मोडेल छान्दै

चितवन, १५ भाद्र । चितवन स्कूल अफ फेसनले यसवर्ष पनि ‘ग्राजुसन फेशन शो’ गर्ने भएको छ । जसका लागि यही शनिबार (भोलि) मोडेल अडिसन हुँदैछ । यसवर्ष १९ जना फेशन डिजाइनिङका विद्यार्थीहरु ग्राजुट हुनेछन् ।

उनीहरुले फेशन शोमा पाँच वटा सिक्वेन्समा रहेर पहिरन डिजाइनिङ गर्ने चितवन स्कूल अफ फेशनका सिइओ रञ्जित क्षेत्रीले जानकारी दिए । ग्राजुट हुने विद्यार्थीहरुलाई मेन्टरको काम चितवन स्कूल अफ फेशनका प्रबन्ध निर्देशक रोहित चौधरी र शिक्षक चिना कुमारी थापा, प्रतिज्ञा पौडेले गर्दै आइरहेका छन् ।

यही शनिबार हुने मोडल अडिसनको निर्णायकमा फेशन डिजाइनर सिमोन पण्डित, फोटोग्राफर निरज महतो (चरन), कोरियोग्राफर प्रज्ञा तिवारी रहने छन् । यस इभेन्टको फोटोग्राफी निम्तो इभेन्ट्स र भिडियोग्राफीको काम भिजन फिल्मस् स्टुडियोले गर्ने भएको छ ।