रेडक्रस चनौलीले दियो इलाका प्रहरी कार्यालयलाई विपद् उद्धार सामाग्री

महेन्द्र महतो

चनौली, १६ भाद्र । नेपाल रेडक्रस सोसाईटी चनौली उपशाखाले इलाका प्रहरी कार्यालय चनौलीलाई दैवीप्रकोप उद्धार सामाग्रीहरु हस्तान्तरण गरेको छ ।

विपदमा प्रहरीसंग रेडक्रस चनौली कार्यक्रम अन्तर्गत पश्चिम चितवन क्षेत्रमा पर्नसक्ने दैवीप्रकोपलाई न्यूनीकरण गर्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै इलाका प्रहरी कार्यालय चनौलीलाई दैवीप्रकोप उद्धार सामाग्री स्टेचर १ थान, डोरी ( २१मि दरका ) २ थान, फलामको वाल्टीन २ थान, वेल्चा २ थान, गैची २ थान, कम्वल ४ थान, फलामको हुक ३ थान, लाईफ ज्याकेट ४ थान,फायर गन ( ए.वि.सि क्याटागोरीको) १ थान, फोरुवा १थान, आरा (रुख काट्न प्रयोग गरिने ५ फिट लामो ) १ थान, शव प्याकिङ प्लाष्टीक प्याक ४ थान, वारुण यन्त्र कक्ष १, खन्ती १ थान हस्तान्तरण गरेको हो ।

कार्यक्रमको प्रमुख अतिथी रहनु भएको बाग्मती प्रदेश सांसद माननिय माया श्रेष्ठले ईलाका प्रहरी कार्यालय चनौली “ख” वर्गको रहेकोले “क” वर्गको ईलाका प्रहरी कार्यालय बनाउन सकिए सहज तरिकाले सुविधा पाउन सकिने स्थानियको गुनासोलाई ध्यानाकर्षण गर्न प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापालाई आग्रह गर्नु भएको थियो ।

यस्तै कार्यक्रमका विशिष्ट अतिथी प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले दैवीप्रकोप उद्धार सामाग्रीहरु ईलाका प्रहरी कार्यालय चनौली लाई हस्तान्तरण गर्दै यस्ता सामाजिक कार्य गर्ने नेपाल रेडक्रस सोसाइटी चनौली उपशाखालाई धन्यवाद व्यतm गर्नु भएको छ । साथै आउने दिनहरुमा प्रशासनबाट साथ सहयोग रहने पनि बताउनु भएको छ ।

यस्तै रेडक्रस सोसाईटी उपशाखा चनौलीका सभापती ओम लामिछानेले आजिवन सदस्य र यथस्ट सदस्य विशिष्ट सदस्यहरुले रकम सहयोग गरी दैवीप्रकोप उद्धार सामाग्री खरिद गरिएको बताउनुभएको छ । कुनै पनी समयमा कुनै पनी ठाउँमा कैदी समस्या परेको अवस्थामा तुरुन्तै सेवा दिने युनिट तयार रहेको र पश्चिम भेगका यो युनिटले सेवा दिन सक्ने लामिछानेको भनाई रहेको थियो ।

कार्यक्रममा भिमनगर माध्यमिक विद्यालयका विद्यार्थीहरले स्वागत गित राख्नु भएको थियो । भने प्रहरी उपरीक्षक रामेश्वर कार्की, ने.रे.सो. जिल्ला शाखा चितवनका उप सभापती सृजना अधिकारी, ने.रे.सो. चनौली उपशाखाका निर्वतमान सभापति लक्ष्मीकान्त दवाडी लगायत विभिन्न वडाका वडा अध्यक्षहरुको उपस्थिती रहेको थियो ।