एसिया कप क्रिकेट: वर्षाले प्रभावित भारत र पाकिस्तानबीचको खेल शुरु

काठमाण्डौ, १६ भाद्र । वर्षाले प्रभावित एसिया कप क्रिकेटमा अहिले भारत र पाकिस्तानबीचको खेल पुनः शुरु भएको छ । केही बेर यो खेल वर्षाले प्रभावित भएको थियो ।

श्रीलंकाको पाल्लिकेमा भारतले टस जितेर पहिला ब्याटिङ थालेको खेलमा चार ओभर २ बलमा १५ रन बनाएको अवस्थामा खेल रोकिएको थियो । रोकिएको खेल अहिले सुरु भएको छ ।

भारतका कप्तान रोहित शर्मा २२ बलमा ११ रन बनाएर आउट भएका छन् । एसिया कपको आयोजक पाकिस्तान भए पनि भारत नजाने भएपछि श्रीलंकामा खेल भएको हो ।