माडीमा बुवाले जनावरलाई थापेको विद्युतीय पासोमा परेर छोराको मृत्यु

काठमाडौँ, १७ भाद्र । जंगली जनावरले दुस्ख दिइरहने चितवनको माडी नगरपालिका(३ धोबहामा विद्युतीय पासोमा परेर एकजनाले ज्यान गुमाएका छन्। स्थानीय कृषक शिवनारायण महतोले जंगली जनावरबाट बाली जोगाउन थापेको विद्युतीय पासोमा उनकै छोरा २६ वर्षीय धिरन महतो परेका हुन्।

बुवाले थापेको विद्युतीय पासोबाट करेन्ट लागेर घाइते भएपछि उनलाई शनिबार बघौडा अस्पताल माडीमा उपचारका लागि भर्ना गरिएको थियो। त्यहाँ सामान्य उपचारपछि उनलाई थप उपचारका लागि भरतपुरतर्फ पठाइएको थियो।

उनलाई भरतपुर अस्पतालमा पुर्‍याएपछि त्यहाँका चिकित्सकहरुले शनिबार मृत घोषणा गरेका थिए।