चितवनमा भएको स्विमिङ्ग प्रतियोगितामा प्रगती पाठशाला कुरिनटार र ग्रीनफिल्ड मुग्निलका विद्यार्थीहरु प्रथम

चितवन, १७ भाद्र  । बेस चितवनको आयोजनामा चितवनमा सम्पन्न स्विमिङ्ग प्रतियोगितामा प्रगती पाठशाला कुरिनटार र ग्रीन फिल्ड ईंग्लिस स्कुल मुग्लिनका विद्यार्थीहरु प्रथम हुन सफल रहेका छन् । प्रतियोगिताका सह९आयोजक समेत रहेको भरतपुर ७ स्थित अन्कुरम एकेडेमिको स्विमिङ्ग पुलमा प्रतियोगिता सम्पन्न भएको हो ।

प्रतियोगितामा बेस अन्तरगतका २७ स्कुलका ६० जना बिद्यार्थीहरु सहभागी रहेका थिए । सोहि प्रतियोगितामा सिङ्गल छात्र तर्फ ग्रीन फिल्ड ईग्लिस स्कुल मुग्लिनका उदय गुरुङले प्रथम स्थान हासिल गर्न सफल भएका छन् भन रिले स्विमिङ्ग छात्र तर्फ प्रगती पाठशाला कुरिनटारका रिवाज बानिया र भविन मगर प्रथम हुन सफल भएका छन् ।

त्यस्तै सिङ्गल छात्रा तर्फ ग्रीन फिल्ड ईग्लिस स्कुल मुग्लिन कि स्मृति तुमसिङ्ग दित्तिय र रिले स्विमिङ्ग छात्र तर्फ ग्रीनफिल्डकै अरुण राई र उदय गुरुङ्ग तृत्तिय भएका छन् ।

बिजेता स्कुल र प्रतियोगी बिद्यार्थीहरुले ट्रफी, मेडल र सर्टिफिकेट प्राप्त गर्नेछन् । बेस चितवनका अध्यक्ष इन्द्रेश शाहको अध्यक्षतामा सम्पन्न स्विमिङ्ग प्रतियोगिता कार्यक्रमका प्रमुख अतिथी प्याब्सनका केन्द्रिय सदस्य मोहन लामा रहेका थिए ।