हाम्रा खेलाडी ट्रफी नभएपनि आत्मविश्वास लिएर फर्किने छन् : केपी ओली

काठमाडौँ, १९ भाद्र । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँगको खेल भावनात्मक रुपमा नेपालले जितेको बताएका छन् । एसिया कप अन्तर्गत हिजो राति भारतसँग भएको खेलमा नेपाल १० विकेटले पराजित भएको थियो ।

आज बिहान सामाजिक सञ्जालमा लेख्दै ओलीले प्राविधिक रुपमा मात्रै नेपालको जित हुन नसकेको बताए । नेपाली खेलाडीले ट्रफि नभएपनि आत्मविश्वास लिएर फर्किने उनले विश्वास व्यक्त गरे ।

‘बधाई हामी सबैलाई !! हिजो भारतसँगको खेल भावनात्मक रूपमा हामीले जितेका हौं। प्राविधिक रूपमा हाम्रो जित प्रमाणित हुन सकेन । हाम्रा खेलाडी ट्रफी नभए पनि आत्मविश्वास लिएर फर्किने छन्’, ओलीले लेखेका छन् ।