लागू औषध मुद्दामा फरार आँबुखैरेनीका शिव गुरुङ ७ वर्षपछि पक्राउ

आँबुखैरेनी, १९ भाद्र । इलाका प्रहरी कार्यालय आँबुखैरेनीले लागुऔषध मुद्दामा ७ वर्षदेखि फरार एक जनालाई पक्राउ गरेको छ । २०७३ साल कार्तिक ३ गते जिल्ला अदालत तनहुँले कैद तथा जरिवाना तोकिएका लागू औषध मुद्दामा संग्लग्न पश्चात फरार रहेका प्रतिवादी बिक्की भन्ने शिव गुरुङलाई सोमबार आँबुखैरेनीबाट प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका गुरुङलाई कैद भुक्तानका लागि सोमबार नै अदालतमा पेश गरिएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रमुख प्रहरी निरिक्षक शिव थापाले जानकारी दिए ।