गुञ्जनगरमा निःशुल्क उद्घोषण तालिम सम्पन्न

गुञ्जनगर१९ भाद्र  सोच परिवर्तन नेपाल र चितवन आवाजको संयुक्त आयोजनामा तिन दिने निःशुल्क उद्घोषण तालिम गुञ्जनगरमा सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि एवम् भरतपुर १८ का वडाध्यक्ष बाबुराम रानाले समापन कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । बोल्न सक्ने क्षमता विकास गर्ने प्रमुख उद्देश्यले सञ्चालन भएको तालिमबाट पक्कै सक्दो लाभ उठाएको उहाँले अपेक्षा गर्नुभयो ।

कार्यक्रममा भरतपुर १८ कि जनप्रतिनिधि लक्ष्मी शर्मा, सोच परिवर्तन नेपालका अध्यक्ष शिवराज कँडेल, मुस्कान लाइफ समूहका अध्यक्ष घनश्याम ढकाल लगायतका अतिथिहरूको उपस्थित रहेको थियो । चितवन आवाजका सञ्चालक विनोद अधिकारीको सभाध्यक्षमा सम्पन्न कार्यक्रममा मन्दिरा क्षेत्रीले स्वागत मन्तव्य राख्नु भएको थियो भने सुस्मिता न्यौपानेले सहजीकरण गर्नुभएको थियो । तालिममा ३० जना भन्दा बढीको सहभागिता रहेको थियो ।