श्रीलंकाबाट फर्किएर रवि भने- रंगशाला बनाउनै नसकिने होइन

काठमाडौँ, २० भाद्र । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने श्रीलंकाबाट फर्किएका छन् । एसिया कपको नेपाल(भारत म्याच हेर्न र खेलाडीहरूको मनोबल बढाउन श्रीलंका पुगेका रवि आज नेपाल फर्किएका हुन् । श्रीलंकाबाट फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खेलाडीहरूको मनोबल बढाउनको लागि नीतिगत रूपमा आफ्नो ठाउँबाट सहयोग गर्ने बताएका छन् ।

उनले भने, ‘क्रिकेट रंगशाला बनाउनै नसकिने हुनै नसक्ने कुरा होइन । तर, सरकार र सरकारवालाहरू त्यतिखेर मात्रै जाग्छन् जब खेलाडीहरूले राम्रो नतिजा ल्याउँछन् । हामी हाम्रो परिधिभित्रबाट यसको विकासको लागि नीति निर्माणको तहमा छौं । हाम्रो तर्फबाट साथ छ । हामीले संसदमा पनि यो कुरा राख्छौं ।’