माछा बोकेको जिप जलबीरेमा पल्टियो

चितवन,२१ भाद्र । मुग्लिन नारायणगढ सडक खण्डमा माछा बोकेको जिप पल्टिएको छ । आज बिहान इच्छाकामना गाउँपालिका ६ जलबीरेमा लु ३ च २६४७ नम्बरको योद्धा गाडी दुर्घटनामा परेको हो ।

दुर्घटनामा परि चालक बर्दघाट ९ नवलपरासी निवासी वर्ष २३ को उमेश थारु घाइते भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ । गाडीमा ल्याइएको माछा समेत नष्ट भएको छ ।