इच्छाकामनाका पूर्व प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्साल निजामती सेवा पुरस्कारबाट पुरस्कृत हुने

काठमाण्डौ, २२ भाद्र । चितवनको इच्छाकामना गाउँपालिकाका पूर्व प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्साल सरकारले प्रदान गर्ने निजामती सेवा पुरस्कारबाट पुरस्कृत हुने भएको छ । बिहिबारको मन्त्रिपरिषद् बैठकले लम्साल सहित ४० जना कर्मचारीलाई पुरस्कृत गर्न लागेको हो ।

उपसचिव पदका लम्साल हाल ठुलीभेरी नगरपालिका डोल्पाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत छन् । २०७७ सालमा इच्छाकामना गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत भै करिब १८ महिना सेवा गरेका थिए ।