शंकर कँडेल आत्महत्या प्रकरण : अस्पतालबाट डिस्चार्ज भएको केही समयमै थुनामुक्त रुङ्टा

भरतपुर, भाद्र २५ । व्यवसायी प्रदीप रुङ्टा थुनामुक्त भएका छन् । उच्च अदालत हेटौँडाको भदौ २१ गतेको आदेश बमोजिम ५ लाख ५० हजार रुपैयाँ धरौटी बुझाएर उनी आइतबार थुनामुक्त भएका हुन् । धरौटी बुझाइ उनी तारेखमा रिहा भएको अदालतका श्रेष्तेदार विष्णु आचार्यले बताए । गत २१ गते नै छुट्ने आदेश भएपनि २२ र २३ गते सार्वजनिक बिदा परेको र २१ गते पनि साँझ ७ बजे अबेर आदेश भएकाले उनी आइतबार छुटेका छन् ।

साउन १८ गते चितवन जिल्ला अदालतका न्यायाधीश डिल्लीराम शर्मा अर्यालको इजलास आदेशले रुङ्टालाई पुर्पक्षका लागि थुनामा राख्ने भनिएको थियो । आदेश भएको दिनदेखि उनी अस्पतालमा थिए । सुरूमा भरतपुर सरकारी अस्पतालमा भर्ना भएका उनी एक हप्तापछि चितवन मेडिकल कलेजमा उपचारका लागि बसेका थिए । तर अदालतमा धरौटी वुझाएसँगै उनी अस्तपालबाट पनि डिस्चार्ज भएका छन् । अदालतले माग गरेको धरौटी आइतबार बुझाएपछि उनी थुनामुक्त भएको जिल्ला कारागार भरतपुरले जनाएको छ ।

लामो समयको उपचार पछि आइतबार नै उनी चितवन मेडिकल कलेजबाट पनि डिस्चार्ज भएको अस्पतालले जनाएको छ । आदेश भएकै दिनदेखि रुङ्टा कारागार बस्नुको सट्टा अस्पतालमा बस्दै आएका थिए । यसबीचमा उनी ३५ दिन अस्पताल वसेका छन् ।

अनमोल फिड्स रुङ्टाले व्यवसायी शंकर कँडेलसँग किनेका थिए । यही किनवेचको कारोबारमा आफूलाई अप्ठेरो पारेको भन्दै वैशाख १९ गते आफ्नै कार्यकक्ष (अनमोल फिड्स)मा कँडेलले झुण्डिएर आत्महत्या गरेका थिए । उनले लेखेको सुसाइड नोटमा रुङ्टा नै कारण रहेको उल्लेख गरेपछि प्रहरीले उनको खोजी गरिरहेको थियो ।

व्यवसायी एवम् नेता शंकर कँडेलको आत्महत्या दुरुत्साहनसम्बन्धी मुद्दामा जिल्ला अदालत चितवनको आदेश चित्त नबुझी उच्च अदालत हेटौंडा गएका प्रदीप रुङ्टाको निवेदनमा उच्च अदालतले एक महिनापछि आदेश सुनाएको छ ।

साउन १८ गते चितवन जिल्ला अदालतका न्यायाधीश डिल्लीराम शर्मा अर्यालको इजलास आदेशले रुङ्टालाई पुर्पक्षका लागि थुनामा राख्ने भनिएको थियो । न्यायाधीश अर्यालको आदेश चित्त नबुझेको भनी उच्च अदालत हेटौँडामा साउन २१ गते नै रुङ्टा पक्ष गएको थियो ।

अनमोल फिड्स रुङ्टाले व्यवसायी शंकर कँडेलसँग किनेका थिए । यही किनबेचको कारोबारमा आफूलाई अप्ठेरो पारेको भन्दै वैशाख १९ गते आफ्नै कार्यकक्ष (अनमोल फिड्स)मा कँडेलले झुण्डिएर आत्महत्या गरेका थिए । रुङ्टाले कम्पनीको हिसाबकिताबमा कहीँकतै तलमाथि नगरिएको बताएका छन् ।