नेम्वाङको अन्त्येष्टिका दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौँ, भाद्र २६ । सरकारले स्वर्गीय नेता सुवास नेम्वाङको अन्त्येष्टि हुने दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को मंगलबार बसेको आकस्मिक बैठक एमालेका उपाध्यक्ष तथा संविधानसभा सदस्य नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गर्दै सो दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।