हेटौंडा, भदाै २८ । माओवादी नेता शालिकराम जम्कट्टेल नेतृत्वको बागमती प्रदेश सरकारले माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको संघीय सरकारविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गर्ने भएको छ ।
बुधबार बसेको प्रदेश मन्त्रीपरिषद्को बैठकले संविधानको अनुसूची ६ मा प्रदेशको एकल अधिकारभित्र पर्ने सवारीसाधन कर, यातायात र प्रदेश लोकमार्ग सम्बन्धी अधिकारमा हस्तक्षेप गर्न खोजेको भन्दै संघीय सरकार विरुद्ध रिट दायर गर्ने निर्णय गरेको बागमती प्रदेश सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानून मन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिए ।
प्रदेशको एकल अधिकार रहेको यातायात क्षेत्रको अधिकारलाई उपत्यका प्राधिकरण बनाउने नाउमा संघिय सरकार खोसेको भन्दै संघिय सरकार विरुद्ध रिट दाएर गर्ने निर्माण भएको प्रबक्ता श्रेष्ठले बताए ।