भरतपुर,२८ भाद्र । पश्चिम चितवनको भरतपुर २६ बसन्तचोकमा एक महिलाद्वारा आफ्नै कोठाको सिलिङमा झुन्डिएर आत्महत्या गरेकी छिन ।
गोरखा माइती घर भई हाल भरतपुर २६ बसन्तचोकमा भाडामा बस्दै आएकी १७ वर्षकी सिर्जना थापा भण्डारी हिजो साँझ करिब ८ बजे आफ्नै कोठाको सिलिङमा सलको पासो लगाई झुन्डिएको अवस्थामा भेटिएको रहेको इलाका प्रहरी कार्यालय दिव्यनगरले जानकारी दिएको छ ।
मृतकका श्रीमान् सूर्य बहादुर भण्डारी वैदेशिक रोजगारबाट १ महिना अघि मात्रै घर आएको र उनीहरूको १ वर्ष अघि मात्रै परिवारको सहमतिमा बिहे भएको थियो ।
शव पोस्टमार्टमको लागि भरतपुर हस्पिटल लागिएको छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।