सेन्ट्रल कलेजले भरतपुरमा भोलि बधाई सम्मान तथा अन्तरक्रिया कार्यक्रम गर्ने

चितवन,२९ भाद्र। शैक्षिक परामर्शदाताको रुपमा स्थापित शैक्षिक संस्था सेन्ट्रल कलेजले भोलि (शनिवार) भरतपुरमा बधाई सम्मान तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने भएको छ । कलेजले अक्टोबर इन्टेक २०२३ मा सिओइ तथा भिजा प्राप्त गरेका विद्यार्थी तथा कक्षा १२ को परीक्षा उत्तिण विद्यार्थीहरुलाइ बधाई तथा सम्मान कार्यक्रम राखिएको हो ।

भरतपुर–२ क्षेत्रपुरको दियालो फुडल्याण्डमा बिहान ११ बजेदेखि कार्यक्रम आयोजना हुने सेन्ट्रल कलेजका प्रिन्सिपल यज्ञ विलास (वाइबी) पौडेले जानकारी दिनुभयो । सोही कार्यक्रममा युवा क्लबहरुलाई खेल सामाग्री हस्तान्तरण र सामाजिक संघसंस्था संग अन्तरक्रियात्मक कार्यक्रम समेत आयोजना गरिएको पौडेले बताउनुभयो । कलेजले यसअघि चितवन,नवलपुर र नवलपरासी (पश्चिम) का विभिन्न पालिकामा विद्यार्थीसंग अन्तरक्रिया र सम्मान कार्यक्रम सम्पन्न गरिसकेको छ ।

बिद्यार्थीका लागि आफ्नै बस सेवा सुरु गरेको कलेजले नारायणगढको लायन्सचोकमा आफ्नै भवन समेत निर्माण गरिरहेको छ ।
सेन्ट्रल कलेजले उच्च शिक्षा अध्ययनका लागि जापान, अष्ट्रेलिया, क्यानडा, युके, युएसए लगायतका देशमा उच्च शिक्षा अध्ययन गर्न चाहाने विद्यार्थीलाई आइएलटिएस पिटिइका कक्षा संचालन संगै परामर्श दिने काम गरिरहेको छ । यस्तै कलेजले जापान तथा कोरियामा उच्च शिक्षा अध्ययन तथा वर्किङ भिजामा लागि जान चाहाने विद्यार्थीहरुका लागि पनि कलेजले परामर्श र भाषा कक्षा दिइरहेको छ ।

बर्षौदेखि उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहाने विद्यार्थीहरुको चाहाना पुरा गर्दै आइरहेको सेन्ट्रल कलेजले उत्कृष्ट नतिजा हासिल गर्दै आइरहेको छ । जापानसंगै अष्ट्रेलिया, क्यानडा र यूरोपका देशहरुमा पनि विद्यार्थीले धमाधम भिजा प्राप्त गरिरहेको कलेजले जनाएको छ ।