राष्ट्रिय युवा सङ्घ नेपाल भरतपुर महानगर कमिटीद्वारा शैक्षिक सामाग्री वितरण

मजडिहा२९ भाद्र । भरतपुर २६ मजडिहा स्थित राष्ट्रिय आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक सामाग्री वितरण गरिएको छ । नेकपा एमालेको भातृ सङ्गठन राष्ट्रिय युवा सङ्घ नेपाल भरतपुर महानगर कमिटीले बाल दिवसको अवसरमा विद्यालयका ७५ जना विपन्न समुदायका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको हो ।

प्रत्येक विद्यार्थीलाई कापी कलम लगायत शैक्षिक सामाग्रीहरू वितरण गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि एवम् राष्ट्रिय युवा सङ्घका केन्द्रीय सदस्य शङ्कर अधिकारीले शैक्षिक सामाग्रीहरू निःशुल्क रूपमा पाएपछि न्यून आर्थिक अवस्था भएका परिवारका विद्यार्थीहरूलाई पढाइमा प्रोत्साहन मिल्ने भन्दै सबैलाई यस्ता कार्यमा ध्यान र सामुदायिक विद्यालयको गुणस्तर वृद्धिमा सहयोग गर्न आग्रह गर्नुभयो । शैक्षिक सामाग्री पाएपछि विद्यार्थीहरूलाई विद्यालय आउन सहयोग पुग्ने विद्यालय व्यवस्थापन समिति सल्लाहकार सदस्य राम चन्द्र चौधरीले बताउनुभयो ।

विद्यालयमा आउने अधिकांश विपन्न समुदायका बालबालिका भएकाले उनीहरूको पढाई लाई शैक्षिक सामाग्री वितरण कार्यक्रमले लाभ पुगेको प्रधानाध्यापक लीला देवी गौतमले बताउनुभयो ।

शैक्षिक सामाग्री वितरण कार्यक्रममा युवा सङ्घ चितवन जिल्ला अध्यक्ष झलक राज भटृ, मनोज कुमार महतो, सुशील केसी लगायत अतिथिहरूको उपस्थिति रहेको थियो । राष्ट्रिय युवा सङ्घ नेपाल भरतपुर महानगर कमिटीका अध्यक्ष राम कार्कीको सभाध्यक्षमा सम्पन्न भएको कार्यक्रमलाई भरतपुर महानगर कमिटीका सचिव राम चन्द्र भटृले सहजीकरण गर्नुभएको थियो ।

ताजा समाचार

फिस्लिङ दुर्घटना: कार चालकको उपचारको क्रममा मृत्यु

फिस्लिङ दुर्घटना: कार चालकको उपचारको क्रममा मृत्यु

मौलाकालिकामा रक्तदान कार्यक्रम हुने

मौलाकालिकामा रक्तदान कार्यक्रम हुने

जेठ २९ गते मंगलबारको वैदिक राशिफल

जेठ २९ गते मंगलबारको वैदिक राशिफल

गर्मी बढेसँगै चितवनमा पर्यटकको सङ्ख्यामा कमी

गर्मी बढेसँगै चितवनमा पर्यटकको सङ्ख्यामा कमी

चितवनमा रगत पाउनै मुस्किल

चितवनमा रगत पाउनै मुस्किल