म अब्बल नेता त होइन तर ईमानका साथ काम गर्छु: अध्यक्ष ओली

काठमाडौं,३० भाद्र । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले, आफूले राष्ट्रको अहित हुने काम कुनै पनि हालतमा नगर्ने दाबी गरेका छन् ।

शनिबार काठमाडौंमा आयोजित ‘बा सँग विद्यार्थी ’ कार्यक्रममा विद्यार्थीहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले राष्ट्रको सम्पत्तिलाई छल, कपट गरेर आफूले दुरुपयोग नगर्ने र जे गरे पनि ईमान्दारीताका साथ गर्ने दाबी गरेका हुन् ।

उनले भने,‘म अब्बल नेता त होइन । तर ईमानका साथ काम गर्छु । ईमानदार प्रयास गर्छु । देशलाई माया गर्छु जनतालाई माया गर्छु । कुनै हिसाबले पनि चलखेल, छल कपटले राज्यको सार्वजनिक सम्पत्ति आफ्नो बनाउनु हुँदैन भन्ने मान्यता राख्छु । र जे गर्छु ईमान्दारीताका साथ गर्छु ।’

उनले आफूले नेपाल विरुद्धको षड्यन्त्रलाई पराजित गर्न नसकेको भन्दै नयाँ पुस्तालाई देशको भूगोल र राष्ट्रिय हितको रक्षा गर्न सक्ने गरी तयारी गर्न आग्रह गरे ।

उनले भने, ‘म अब्बल नेता होइन । अब तपाईहरु जस्तै नयाँ पुस्ताले अब्बल नेता जन्माउनुपर्छ । नेपालविरुद्धको षड्यन्त्रलाई पराजित गर्न सकेको छैन । हाम्रो भूगोल र राष्ट्रिय हितको रक्षा गर्न सक्ने हुनुपर्छ ।’

ताजा समाचार

फिस्लिङ दुर्घटना: कार चालकको उपचारको क्रममा मृत्यु

फिस्लिङ दुर्घटना: कार चालकको उपचारको क्रममा मृत्यु

मौलाकालिकामा रक्तदान कार्यक्रम हुने

मौलाकालिकामा रक्तदान कार्यक्रम हुने

जेठ २९ गते मंगलबारको वैदिक राशिफल

जेठ २९ गते मंगलबारको वैदिक राशिफल

गर्मी बढेसँगै चितवनमा पर्यटकको सङ्ख्यामा कमी

गर्मी बढेसँगै चितवनमा पर्यटकको सङ्ख्यामा कमी

चितवनमा रगत पाउनै मुस्किल

चितवनमा रगत पाउनै मुस्किल