साइकल राइडर्सहरु लाई निशुल्क साइकल मर्मत सम्बन्धि तालिम

चितवन, ३० भाद्र । चितवन साइकल राइडर्स क्लबले आज साइकल मर्मत सम्बन्धि निशुल्क तालिम दिएको छ। डि. आर . साइकल स्टोर्स, नारायणगढ चितवनसंगको सहकार्यमा एकदिने साधरण साइकल मर्मत सम्बन्धि तालिम दिएको हो।

भरतपुर १० मा स्थित हिमालयन चियामा आयोजना भएको उक्त कार्यक्रममा ४० जनाले साइकल मर्मत सम्बन्धि तालिम लिएका साइकल राइडर्स क्लब चितवनका अध्यक्ष पदम बहादुर बानियाँले बताउनुभयो। उहाँले आजको कार्यक्रममा साइकल राइडर्सहरु लाई लामो दुरीमा यात्रा गर्दा साइकल को अवस्था बारे लिनु पर्ने जानकारी साथै सामन्य मर्मत को बारेमा पनि जानकारी दिएको बताउनुभयो। उहाँले क्लबको तर्फबाट प्रत्येक शनिबार आन्तरिक पर्यटन प्रवर्द्धन गर्न साइकल राइडमा जाने गरेको र जङ्गलमा साइकल बिग्रदा गार्हो हुने गरेकोले यस किसिमको कार्यक्रम आयोजना गरेको बताउनुभयो।

डिआर साइकल स्टोर्सका सञ्चालक तथा क्लबका उपाध्यक्ष धर्मराज सापकोटाले पहिला पहिला दैनिक जीवनमा सहजताका लागि प्रयोग हुँदै आएको साइकल हाल प्यासन को रुपमा पनि साइकलिङ गर्नेको संख्या बढेको बताउनुभयो। साइकलले स्वस्थ्यमा पनि फाइदा पुर्याउने हुनाले र यात्रामा नि सहजता प्रदान गर्ने हुनाले हाल पनि साइकल प्रयोगकर्ता धेरै रहेको बताउदै उहाँले साइकल चलाउनेले समान्य मर्मत नि गर्न जाने बाटोमा अलपत्र पर्न नपर्ने भएकोले यस क्लब संगको सहकार्यमा तालिम दिएको बताउनुभयो।