सेन्ट्रल कलेजको बधाई सम्मान तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

चितवन,३० भाद्र । शैक्षिक परामर्शदाताको रूपमा स्थापित शैक्षिक संस्था सेन्ट्रल कलेजले शनिवार भरतपुरमा बधाई सम्मान तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । शनिवार क्षेत्रपुरको दियालो फुडल्याण्डमा एक कार्यक्रम आयोजना गरी कलेजले अक्टोबर इन्टेक २०२३ मा सिओइ प्राप्त गरेका विद्यार्थी, कक्षा १२ का विद्यार्थीहरूलाई सम्मान, युवा क्लबहरूलाई खेल सामाग्री हस्तान्तरण तथा अन्तरक्रिया सम्पन्न गरेको हो ।

सम्मान तथा खेल सामग्री हस्तान्तरण कार्यक्रममा विभिन्न साङ्गीतिक प्रस्तुतिहरू समेत प्रस्तुत गरिएको थियो । कलेजको सिइओ शारदा शर्माको सभापतित्व सम्पन्न भएको कार्यक्रमको प्रमुख अतिथि प्रिन्सिपल यज्ञविलास पौडेल रहनुभएको थियो । त्यस्तै पत्रकार महासंघ चितवनका अध्यक्ष नारायण अधिकारी, एन्फा चितवनका श्रीकृष्ण कार्की, मैयाँ देवी कन्या क्याम्पस प्रमुख भोजराज न्यौपाने, एभरेस्ट बैङ्कका प्रमुख योजना ढकाल, नेपाल पोलिटेक्निक इन्स्टिच्युटका कार्यकारी प्रमुख शिव सुवेदी लगायत अतिथिहरूको कार्यक्रममा उपस्थिति रहेको थियो ।

विद्यार्थीका लागि आफ्नै बस सेवा सुरु गरेको कलेजले नारायणगढको लायन्सचोकमा आफ्नै भवन समेत निर्माण गरिरहेको छ । सेन्ट्रल कलेजले उच्च शिक्षा अध्ययनका लागि जापान, अस्ट्रेलिया, क्यानडा, युके, युएसए लगायतका देशमा उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीलाई आइएलटिएस पिटिई का कक्षा सञ्चालन सँगै परामर्श दिने काम गरिरहेको छ । यस्तै कलेजले जापान तथा कोरियामा उच्च शिक्षा अध्ययन तथा वर्किङ भिजा मा लागि जान चाहने विद्यार्थीहरूका लागि पनि कलेजले परामर्श र भाषा कक्षा दिइरहेको छ ।