दर खाँदै सामाजिक काममा सक्रिय देव आदर्श र दक्षिणकाली सहकारी

भरतपुर, ३१ भाद्र । भरतपुर ६ गितानगर स्थित श्री देव आदर्श बचत तथा ऋण सहकारी संस्था लिमिटेड र श्री दक्षिणकाली पर्यटन सहकारी संस्था लि।को संयुक्त आयोजनामा तीज विशेष दर खाने कार्यक्रम सम्पन्न भएको छ । देव आदर्श बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष ध्रुवराज मिश्र र दक्षिणकाली पर्यटन सहकारी संस्था लि।का अध्यक्ष राज कुमार श्रेष्ठको संयुक्त अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
तीज विशेष कार्यक्रम अन्तर्गत भरतपुर ११ स्थित सहाराको घरमा आश्रित बालिकाहरूलाई दर खुवाइएको थियो । यसपालिको दर साहाराका नानीहरूको घर भन्ने मूल नाराका साथ आयोजित उक्त कार्यक्रममा संविधानसभा सदस्य विष्णुमाया परियार प्रमुख अतिथि रहनु भएको थियो । कार्यक्रममा चितवन जिल्ला बचत तथा ऋण सहकारी सङ्घ लिमिटेडका अध्यक्ष विद्या कोइराला विशेष अतिथि रहनु भएको थियो ।
दक्षिणकाली पर्यटन सहकारीका उपाध्यक्ष कृष्ण हरी ढकालले स्वागत मन्तव्य व्यक्त गर्नु भएको उक्त कार्यक्रममा सहाराको घरकी सञ्चालक कुसुम तिवारीले संस्थाको बारेमा जानकारी गराउनु भएको थियो । कार्यक्रम देव आदर्श बचत तथा ऋण सहकारी संस्थाका सचिव महेन्द्र कोइराला र दक्षिणकाली पर्यटन सहकारी संस्थाका सचिव गजेन्द्र पोखरेलले सञ्चालन गर्नु भएको थियो । अतिथिहरूमा पूर्व वडा सदस्य आइतिमायाँ राना मगर, अरुणोदय कलेजका अध्यक्ष रमेश कोइराला, कालिका टोल विकास संस्थाका अध्यक्ष मुक्तिराम अधिकारी, सिद्देश्वर आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णु बहादुर भुजेल, सिद्देश्वर टोल विकासका अध्यक्ष सूर्य प्रसाद शर्मा, ग्लोबल आईएमई बैकका शाखा प्रबन्धक देवेन्द्र राज अधिकारी, दक्षिणकाली पर्यटन सहकारीका संस्थापक उपाध्यक्ष दीपेन्द्रराज पौडेल, नेपाली काँग्रेस भरतपुर ६ का उपसभापति तीर्थराज न्यौपाने, नेपाल रेडक्रस सोसाइटी गितानगर उपशाखाका सदस्य प्रकाश लामिछाने, यम तिल सीता स्मृति प्रतिष्ठानकी अध्यक्ष एवं मिर्मिरे लघुवित्त वित्तीय संस्थाकी शाखा प्रबन्धक सरस्वती तिवारी, देव आदर्श बचत तथा ऋण सहकारी संस्थाकी व्यवस्थापक लक्ष्मी भुजेल सिम्खडालगायत रहनु भएको थियो ।
यसै गरी सोही अवसरमा सहाराको घरकी सञ्चालिका कुसुम तिवारीले सहाराको घरमा आश्रित नानीहरूको लागि आफ्नै आवास योजना अन्तरगत प्रति सदस्य दुई हजार पाँच सय रुपैयाँका दरले ५ हजार जना आवास सहयोगी सदस्य बनाउने योजनाको बारेमा जानकारी गराउनु भएको थियो । सोही योजनालाई सफल पार्न यम तिल सीता स्मृति प्रतिष्ठानका संरक्षक ध्रुवराज मिश्रले प्रतिष्ठानका सदस्य आशुतोष मिश्रको भाद्र २९ गते परेको जन्मदिनको अवसरमा सदा झैँ यस पटक पनि साहाराका ननिको घर निर्माण अभियानलाई आर्थिक सहयोग स्वरूप ७ हजार ५०० रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेको छ । सोही अभियानको लागि विद्या कोइरालाले दुई हजार ५ सय, मुक्तिराम अधिकारीले परिवार सङ्ख्या गनेर परिवारका ७ जनाको १७ हजार ५ सय, विष्णुमाया परियारले दुई हजार ५ सय, दक्षिणकाली पर्यटन सहकारीका सञ्चालक तुलमाया सुनार ३ हजार, आईतिमाया राना मगरले ५ हजार रुपैंया आर्थिक सहयोग गर्नु भएको छ ।
दर खाएर फजुल खर्च गर्ने परिपाटीले समाजमा चाडपर्वमा विकृति फैलिएको भनेर जनगुनासो आई रहेका बेला दर खादा पनि सामाजिक सेवा गर्न सकिन्छ भन्ने भावना समाजमा प्रस्तुत गर्नका लागि यस कार्यक्रमको आयोजना गरिएको र दर खाएर पनि समाज विकास गर्न सकिन्छ भन्ने उदाहरण यो कार्यक्रम रहेको कुरा देव आदर्श बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष ध्रुवराज मिश्रले बताउनू भयो ।