कालिका मन्दिरमा तीज गीत प्रतियोगिता सम्पन्न

ज्योतिनगर,२ आश्विन । ज्योतिनगरको कालिका मन्दिर परिसरमा भएको तीज गीत प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा रोदी जुनेली टोल विकास संस्था बाट पूर्णिमा कृषि समूह प्रथम हुन सफल भएको छ ।

८ वटा टोल विकास संस्था सहभागी प्रतियोगितामा प्रगतिशील टोल विकास संस्था बाट उज्ज्वल भविष्य महिला समूह द्वितीय, आदर्श टोल विकास संस्था बाट महिला उत्थान आमा समूह तृतीय, शिस्वार कोइलाहा टोल विकास संस्था र युवा जुनेली टोल विकास संस्थाले सान्त्वना भएको छ ।

नेपाली नारीहरूको महान् चाड हरितालिका तिजको अवसरमा भरतपुर महानगरपालिका वडा न. २६ को आर्थिक सहयोगमा महिला तीज गीत तथा विविध कार्यक्रम समिति, भरतपुर २६ को आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।

प्रतियोगितामा राष्ट्रिय कलाकार दुर्गा सापकोटा लगायत स्थानीय कलाकारहरूको प्रस्तुति रहेको थियो भने सामाजिक संस्था मुस्कान लाइफ ग्रुपले हेल्थ डेस्क सञ्चालन गरेको थियो । भरतपुर महानगरपालिका का उपप्रमुख चित्रसेन अधिकारीको प्रमुख आतिथ्य एब्म कार्यक्रम संयोजक गीता शर्मा वडा सदस्य, कार्यक्रम संयोजक सावित्री ढकालको सभाध्यक्षमा कार्यक्रम सम्पन्न भएको थियो ।