संविधान दिवसमा चितवन कारागारका १९ कैदीको कैद मिनाहा

चितवन, ०३ आश्विन ।  संविधान दिवसको अवसरमा चितवन कारागारका दुई महिला कैदीसहित १९ कैदीबन्दीले कैद मिनाहा पाएका छन् । ५० प्रतिशत कैद भुक्तानी गरिसकेका र आचरणमा सुधार आएका कैदीबन्दीलाई राष्ट्रपति रामचन्द्र पौडेलले बाँकी कैद सजाय छुट दिएका हुन् ।

चितवन कारागारका प्रमुख कमल आचार्यका अनुसार कैद सजाय छुट पाउनेहरुमा अधिकांश सवारी ज्यान मुद्धाका कैदी रहेका छन् । सवारी ज्यानको १०, चोरीको ४, बहुविवाहको २, खोटा मुद्राको १, कर्तव्य ज्यानको १ र अवैध वनपैदावार सम्बन्धि मुद्धाको एक जना कैदीले कैद छुट पाएको उनले जानकारी दिए ।

कैद छुट पाएका कैदीबन्दीहरु कागजपत्र तयार भएपछि आजै रिहा हुने उनले बताए ।