प्रकाश सपूतको फिल्म ‘परदेशी-२’को नयाँ गीत सार्वजनिक

काठमाडौं, ०३ आश्विन । नारायण रायमाझी निर्देशित फिल्म ‘परदेशी २’ को नयाँ गीत सार्वजनिक गरिएको छ। बुधबार म्युजिक नेपाल युट्युब च्यानलमार्फत फिल्ममा समावेश  ‘हिजो काम आज काम, काम विदेशमा’ बोलको गीत सार्वजनिक गरिएको हो।

प्रशान्त तामाङको स्वर रहेको गीतमा सतिश चापागाईंको शब्द र विवी अनुरागीको संगीत तथा संगीत संयोजन रहेको छ। राजेश वंशल र नारायण रायमाझीको संयुक्त निर्माण रहेको फिल्ममा प्रकाश सपूत, दीलिप रायमाझी, प्रशान्त तामाङ, केकी अधिकारी, वर्षा शिवाकोटी, नीर शाह, रमा थपलिया, सविन बास्तोता, देवेन्द्र बब्लुलगायत कलाकारको अभिनय छ। फिल्मको कथा रमेश विजीले लेखेका हुन्।

फिल्ममा अध्ययनसँगै अन्य परिवेशमा परदेश पुगेकाहरूको कथालाई समेटिएको छ। मानकृष्ण महर्जनले छायांकन गरेको फिल्मलाई दीर्घ खड्काले सम्पादन गरेका हुन्। यो फिल्म दशैंको अवसर पारेर असोज २६ गतेदेखि प्रदर्शन हुनेछ।

ताजा समाचार