शिक्षकसंगको वार्ता आजै टुंगोमा पुर्‍याउन कार्यवाहक प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ, ५ असोज । कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले शिक्षकहरुसँगको वार्तालाई सकेसम्म आजै टुंगोमा पुर्‍याउन सरकारी वार्ता टोलीलाई आवश्यक सुझाव तथा निर्देशन दिएका छन् ।

रक्षा मन्त्रालयमा आज बिहान सरकारी वार्ता टोली संयोजक उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, कानुन मन्त्री धनराज गुरुङ, शिक्षामन्त्री अशोक राई, सञ्चार मन्त्री रेखा शर्मा , मुख्यसचिव बैकुण्ठ अर्याल र विभागीय सचिवहरुसंग छलफल गरेका हुन् ।

शिक्षकहरुले विभिन्न माग राखेर बुधबारदेखि काठमाडौँ केन्द्रीत आन्दोलन गरिरहेका छन् । शिक्षकहरु आन्दोलनमा जाँदा अहिले देशैभरका सामुदायिक विद्यालयको पठनपाठन ठप्प भएको छ ।