गमगढीमा भिषण आगलागी, करोडौँको क्षति भएको अनुमान

मुगु, ६ आश्विन । मुगु सदरमुकाम गमगढीमा गएराति भिषण आगलागी भएको छ । आगलागीका कारण गमगढी बजारको ८ घरहरू जलेका छन् । ती घरहरूमा रहेका ९ पसल तथा गोदामहरु पूर्ण रुपमा नष्ट भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट तार्के लामा, सोनाम लामा, ऐडी, सान्तोना खत्री, पन्च सेजुवाल, प्रदीप रावल, पुतली शाही पद्मराज मल्लको टिनको टहरा नष्ट भएको बताइएको छ ।

आगो नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, नगर प्रहरी र स्थानीय बासिन्दाहरू खटिएका थिए । आगलागीको कारण खुल्न सकेको छैन । आगलागीबाट करोडौँको क्षति भएको अनुमान गरिएको छ । यद्यपि यकिन तथ्याङ्क भने आइसकेको छैन ।