स्वास्थ्य शिविर  तथा सामुदायिक स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न

चितवन, ७ आश्विन । कालिका नगरपालिका कालिका ०२ मा अवस्थित आधारभूत विद्यालय कमलपुरमा  निःशुल्क बाथ रोग सम्बन्धी स्वास्थ्य शिविर  तथा सामुदायिक स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न भएको छ । लियो क्लब अफ नारायणगढ दियालो नेशनल बाथ रोग चितवन शाखा को आयोजना, कालिका भजन समूह कालिका २ को सह-आयोजना तथा कालिका नगरपालिका कालिका २ को सहयोगमा शनिवार स्वास्थ्य शिविर सम्पन्न भएको हो ।

शिविरमा १ सय ५ जनाभन्दा बढीले स्वास्थ्य जाँच गराएको शिविर सञ्चालन समितिका संयोजक लियो क्लब अफ नारायणगढ दियालोका सचिव रमन वाग्लेले  जानकारी दिनुभएको छ । कार्यक्रममा बाथ रोग सम्बन्धी समस्या देखिएका सम्पूर्ण वडा बासीहरू ले स्वास्थ्य लाभ लिएका थिए  ।

भजन समूहका सचिव एवम् विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपाल श्रेष्ठले स्वास्थ्य शिविरमा सम्पूर्ण भजन समूहका सदस्य एवं वडा बासीले   निःशुल्क स्वास्थ्य लाभ लिएको बताउनुभयो । कार्यक्रममा बोल्दै कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मीले जनताको स्वास्थप्रती आफूहरू संवेदनशील रहेको भन्दै आगामी दिनमा पनि यस्ता खालका कार्यक्रमलाई निरन्तरता साथ र सहयोग  दिने उद्घोष गर्नुभयो ।नागरिकको स्वास्थ्यलाई विशेष ख्याल राखेर नगरपालिका एवं वडाले यस्ता सेवामुखी कार्यक्रमलाई  प्रोत्साहन स्वरूप सहयोग गर्ने कार्यक्रमका विशिष्ट अतिथि कालिका नगरपालिका २ का वडा अध्यक्ष लक्ष्मण पौडेलले बताउनुभयो ।

कार्यक्रममा भजन समूहका सदस्य केशव चालिसेले स्वागत मतब्य राख्नुभएको थियो । कार्यक्रम समापन मतव्य मा बोल्दै कार्यक्रम सभापति लियो अबोध पराजुली ले सामाजिक लक्ष्य र सामाजिक सेवामा सदैव  सक्रिय रहने उद्देश्यसहित यस्ता कार्यक्रमहरू गरिने  बताउनु भएको छ ।

ताजा समाचार