साहित्यकार तेज विलासको नयाँ कृति ‘उत्प्रेक्षण’ सार्वजनिक

कुरिनटार, ७ आश्विन । साहित्यकार तेज विलास अधिकारीको नयाँ कृति ‘उत्प्रेक्षण–मुक्तक सङ्ग्रह’ सार्वजनिक भएको छ । शुक्रवार कुरिनटार स्थित प्रगति पाठशालाको सभा हलमा एक कार्यक्रमका बिच अधिकारीको नयाँ कृति ‘उत्प्रेक्षण–मुक्तक सङ्ग्रह’ सार्वजनिक गरिएको हो ।

साहित्यकार एवं कवि कृष्णप्रसाद पोखरेलको सभापतित्वमा सम्पन्न कृति विमोचन कार्यक्रमको प्रमुख अतिथि बागमती प्रदेश सभा सदस्य सांसद कृष्णप्रसाद सिलवाल लगायत कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथिहरूले एकसाथ कृतिको सार्वजनिक गरेको थियो । कार्यक्रममा आँबुखैरेनी स्रष्टा समाजका अध्यक्ष एवं आँबुखैरेनी वाङमय परिषद्का अध्यक्ष अनिले श्रेष्ठले साहित्यकार तेज विलासका मुक्तकहरूले समाजका विकृति र बेतिथिहरू माथि कलम चलाउँदै समाजलाई प्रगतिशील बाटोमा लैजान मद्दत पुर्‍याएको विचार व्यक्त गरे ।

यसै गरी कार्यक्रममा समाजसेवी ध्रुवराज त्रिपाठी, इच्छाकामना साहित्य प्रवाहका अध्यक्ष एकराज शर्मा, सामाजिक अभियन्ता सावित्री गुरुङ लगायतले प्रकाशित कृति बारे चर्चा गरेका थिए भने कार्यक्रममा  ‘उत्प्रेक्षण–मुक्तक सङ्ग्रह’ माथि समीक्षात्मक धारणा राख्दै समालोचक सुदर्शन कट्टेलले समाजको गतिलाई सही ढङ्गले चित्रण गर्दै राजनीति, विकृति र विसङ्गतिको पाटोमा मुक्तककारको कलम कोरिएको विचार व्यक्त गरे । कार्यक्रममा लेखक तेज विलासले आफूले साहित्य क्षेत्रमा पाइला टेक्ने क्रममा उत्साह थप्ने अभिभावकहरू प्रति धन्यवाद ज्ञापन गरेका थिए ।

यस्तै कार्यक्रममा इच्छाकामना गाउँपालिकाका प्रवक्ता एवं वडा नं। ३ का वडाध्यक्ष नर बहादुर नेपाल, समाजसेवी एवं युवा नेतृ सावित्रा सिलवाल, वयोवृद्ध शैक्षिक व्यक्तित्व गोविन्दप्रसाद पौडेल, लेखकका पिता मधु विलास अधिकारी, समाजसेवी उषा त्रिपाठी, रामप्रसाद अधिकारी, रामकृष्ण पौडेल, रामप्रसाद रेग्मी, शिव पौडेल, राम थापा, प्रगति पाठशालाका प्रिन्सिपल टङ्कप्रसाद त्रिपाठी लगायतको उपस्थिति रहेको थियो ।

ताजा समाचार