कालिका नगरपालिका–७ मा युवासंघ वडा कमिटी गठन

कालिका, ८ आश्विन । राष्ट्रिय युवा संघ नेपालको संगठन विस्तार अभियान अन्तर्गत कालिका नगरपालिका– ७ मा रवि गिरीको अध्यक्षतामा २१ सदस्यीय वडा कमिटी गरेको छ । उपाध्यक्षमा विक्रम सिंजालीमगर, सचिवमा रुपेश परियार रहेका छन् ।

राष्ट्रिय युवा संघ नेपाल कालिका नगर कमिटी अध्यक्ष जिवन थापामगरको अध्यक्षतामा आयोजना गरिएको भेलाले वडा कमिटी गठन गरेको हो ।

भेलालाई सम्बोधन गर्दै राष्ट्रिय युवा संघ नेपाल चितवनका जिल्ला सह सचिव पूर्ण महतो (निशान) ले पछिल्लो राष्ट्रिय राजनीतिक अवस्था र युवाहरुले खेल्न सक्ने भूमिकाबारे प्रकाश पारेका थिए । महतोले मूलुकको परिवर्तनका लागि युवाहरुको सहभागीता र उपस्थिती राजनीतिमा आवश्यक रहेका बताए । नेकपा एमाले कालिका–७ का वडा अध्यक्ष बलबहादुर सिंजाली विशिष्ट अतिथि रहेका थिए ।

भेलामा युथफोर्स बागमती प्रदेश सदस्य सुजना मल्ल, राष्ट्रिय युवा संघ नेपाल चितवनका निवर्तमान सदस्य अजय लामा, गोविन्द घले, ओमराना मगर, र राष्ट्रिय युवा संघ नेपाल कालिका वडा नं। ६ का अध्यक्ष आयुस धमला लगायतका युवा नेताहरुको उपस्थिती थियो । युवा संघ नेपाल कालिका नगर कमिटी सह सचिव आकाश लामाले कार्यक्रम संचालन गरेका थिए ।

ताजा समाचार