पवित्र आर्थिक सुधारको साधारण सभा

शारदानगर, ८ आश्विन । भरतपुर–१९ स्थित पवित्र आर्थिक सुधार बचत तथा ऋण सहकारी संस्था लि. को ९औँ साधारण सभा शारदानगरमा सम्पन्न भएको छ ।

भरतपुर–१९ का वडाध्यक्ष प्रकाश तामाङ प्रमुखअतिथि रहेको कार्यक्रममा बोल्दै वडाध्यक्ष तामाङले निमुखालाई बिनाधितो ऋणको व्यवस्था गर्न सहकारीलाई अपिल गरेका थिए ।

कार्यक्रममा उपाध्यक्ष राधादेवी चापागाईं, सचिव कमलनाथ पौडेल, पूर्वसांसद् विष्णुमाया परियार, राष्ट्रिय सहकारी बैंक सञ्चालक सदस्य तारा गुरूङ, समाजसेवी तोपमान सिंह गुरूङ, उत्कृष्ट बचत तथा ऋण सहकारीका अध्यक्ष कृष्णभक्त भट्टराई, चनौली शीतभण्डारका अध्यक्ष सूर्यमणि पौडेल, शहीद स्मारक कलेज शारदानगरका प्रमुख वसन्त पौडेल, शान्ति दुग्ध उत्पादन सहकारीका अध्यक्ष डोलराज गैरे, जनकल्याण दुग्ध उत्पादन सहकारीका अध्यक्ष नारायणप्रसाद सापकोटालगायतको उपस्थिति रहेको थियो ।

विसं २०७० सालमा स्थापना भएको सहकारीमा हाल ५१५ जना पुरूष, ५०३ जना महिला र ८२ जना बाल बचत गरी ११०० जना सदस्यहरु रहेका छन् । कार्यक्रममा विभिन्न व्यक्तिहरुलाई सम्मानसमेत गरिएको थियो । सहकारीका अध्यक्ष सोमनाथ काफ्लेको अध्यक्षतामा कार्यक्रम भएको थियो ।