डम्पिङ नजिकै ट्रक र ट्याङ्कर ठोक्किदा मुग्लिन–आँबुखैरेनी सडक अवरुद्ध

आँबुखैरेनी, ८ आश्विन  । तनहुँको आँबुखैरेनी गाउँपालिका ४ डम्पिङ नजिकै मालवाहक ट्रक र ट्याङ्कर एकापसमा ठोक्किएर दुर्घटना भएको छ । घटनास्थलबाट मनोज घिमिरेले दिएको जानकारी अनुसार करिब १२ः४५ बजेतिर ना ४ ख १५९४ नं. पेट्रोलियम पदार्थ बोकेको ट्याङ्कर ग १ ख ५९०० नं. को मालवाहक एकापसमा ठक्कर खाएको हो ।

दुर्घटनाका कारण मानवीय क्षति नभए पनि मुग्लिन–आँबुखैरेनी सडक दुईतर्फी अवरुद्ध भएको छ भने सडक विभागको लोडर प्रयोग गरी दुर्घटनामा परेको गाडी हटाई अवरुद्ध राजमार्ग सुचारु गराउने प्रयास भैरहेको छ ।