२ लाख २९ हजार नगदसहित कावासोतीमा तास खेलिरहेका ८ जना पक्राउ

नवलपुर, ९ आश्विन । पूर्वी नवलपरासीको कावासोतीमा तास खेलिरहेका ८ जना नगद २ लाख २९ हजार सहित पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार कावासोती २ मालपोत चोकमा गोविन्द न्यौपानेको घर तास खेलिरहेका ८ जनालाई गए राति पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा कावासोती २ निवासी ४२ वर्षीय सुन्दर श्रेष्ठ, कावासोती ३ निवासी ३८ वर्षीय श्याम भट्टराई, कावासोती (११ निवासी ३९ वर्षीय ज्ञानेन्द्र महतो, कावासोती २ निवासी २८ वर्षीय नारायण उपाध्याय, कावासोती २ निवासी ३९ वर्षीय गोविन्द शर्मा न्यौपाने, कावासोती ३ निवासी ४८ वर्षीय दानबहादुर सिंजाली, कावासोती २ निवासी ४० वर्षीय खिम लामिछाने र कावासोती ३ निवासी ४२ वर्षीय फडेन्द्र भण्डारी रहेका छन् ।

उनीहरूको साथबाट प्रहरीले नगद २ लाख २९ हजार ७० रुपैँया, खेलिरहेको अवस्थाको तास २ सय ८८ पत्ता र बन्द रहेको ७ गड्ठी तास बरामद गरेको छ । उनीहरूलाई आवश्यक कारवाही अगाडि बढाइएको प्रहरीले जनाएको छ ।