‘भरतपुर हस्पिटलको इमर्जेन्सी नलैजानु होला’

चितवन, ९ आश्विन । भरतपुर अस्पतालको आकस्मिक कक्षबाट सेवा लिएका एक सेवाग्राहीले अस्पतालको उपचार सेवा र कर्मचारीको व्यवहार राम्रो नभएको गुनासो गरेका छन् । उच्च ज्वरो आएपछि भरतपुर अस्पताल पुगेका भरतपुर महानगरपालिका–९ का दिनेश पन्तले भरतपुर अस्पतालमा सरकारी लगानीको दुरुपयोग भइरहेको बताए ।

उनले अस्पतालमा आफुले पाएको दुःखको बेलीविस्तार यसरी लगाएका छन्–

मिति २०८०/०६/०७ गते एकै पटकमा २ ओटा (१०० एमजी)को प्यारासिटामोल खाँदा पनि ज्वरो कन्ट्रोल नभएपछि म भरतपुर हस्पिटलको इमर्जेसीमा उपचार गर्न पुगे। पहिलो कुरा त त्यहाँ बेड नै खालि रहेनछ। ज्वरोको कारण म उभिन सक्ने अबस्थामा थिइन । एउटा बेड नजिकै टुलमा महिला बस्नु भएको रहेछ। उहा सगँआग्रह गरेर टुलमा बसे । एकै छिन पछि गार्ड आएर ‘त टुलमा किन बसेको बाहिर जा’ भन्नुभयो । म बिरामी हुँ, मलाइ एउटा बेड मिलाउन आग्रह गरे।गार्डले मेरो ठेक्का हो, आफै खोजेर बस्ने भन्दै गए। त्यो गार्डले त सबैलाई अपमानित शब्द बोल्दो रहेछ। नजिकैका ४–५ जना मानिसले बताए । एक छिन पछि ती गार्ड आएर बोडबस्ने होइन भने बाहिर जाने भनेर मलाई थर्काए । वेड नै छैन म के गरु ? हस्पिटल त गार्डको पो रहेछ, बिचरा हस्पिटल प्रशासन ।

बल्ल बल्ल बेड पाएँ, तर कोहि आउदैन। अगाडि काउन्टरमा गएर बोलाउदा १ घण्टा पछि आइन नर्स, मैले डाक्टर खै भनेर सोधे ? डाक्टर नै हुनु हुदो रहेनछ । एक जना भाइ आउनु भयो उहाँ त एमबीबीएस पढ्दै हुनु हुदो रहेछ। उहाँँले औषधि, ल्याब टेस्ट , एक्सरे गर्न लेख्नु भयो। औषधि लिन लाइनमा बस्न २ घण्टा समय लाग्यो। औषधि आएपछि नर्सलाई बोलाइयो। उहाँले क्यनुला ३,४ ठाउँमा ट्राई गरेपछि स्लाइन लगाइयो। इमजेन्सीमा त सबै सिकारुमात्र हुदा रहेछन्। त्यहाँको इमर्जेन्सीको प्रमुख डा…..कँडेल हुनुहुदो रहेछ। यहि हो गुड म्यानेजमेन्ट । सिकारु नर्स, सिकारु एचए, सिकारु डाक्टरले इमर्जेन्सी चलाउने।

कति गैरजिम्मेबारी छ हाम्रो सरकारी हस्पिटलको ब्यबस्थापन ? यदि कुनै बिरामीलाई मार्नु छ भने सरकारी हस्पिटलको इमर्जेन्सीमा लैजानुहोस्। सरकारी हस्पिटलको लगानि दुरुपयोग भएको छ। ओपीडीमा डाक्टरहरु १–२ बजे खाजा खाने रे ? २–३ रिपोर्ट हेर्ने रे ? अनि बिरामी कहिले चेक गर्ने। ३ बजेसम्म ओपीडीमा पालो आउँछ भनेर कुरियो, पालो आएन । ४ बजे इमर्जेन्सीमा जादाँ त त्यहाँ नाटक नै मन्चन हुदो रहेछ। सर्पले टोकेको विरामी त्यहाँ वास्ता गरिएन। पछि एक जना भाइ आएर होहल्ला गरेपछि मात्र विरामीलाइ सोधपुछ गरियो। संविधानमा लेखेको स्वास्थ्य अधिकार खै ? अन्तमा म के अनुरोध गर्दछु भने, इमर्जेन्सी बिरामी बचाउछु भनेर भरतपुर हस्पिटलको इमर्जेन्सी नलैजानु होला।