पाँच दिने निःशुल्क उद्घोषण तालिम सुरु

भुवनवस्ती९ आश्विन । गौरवशील किसान कृषि सहकारी संस्था लिमिटेडको आयोजनामा पाँच दिने निःशुल्क उद्घोषण तालिम सुरु हुने भएको छ ।

भरतपुर महानगरपालिका-१७ भुवनवस्ती, मिलनचोकमा हुन गइरहेको उद्घोषण तालिममा सहयोगी संस्थाको रूपमा सोच परिवर्तन नेपाल रहेको छ भने प्रशिक्षकको रूपमा सोही संस्थाका अध्यक्ष शिवराज कँडेल रहनु भएको छ ।

कुनै पनि कार्यक्रम सञ्चालन गर्न तथा भाषण गर्न र खुलेर आफ्नो कुरा राख्न सक्ने बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको सोच परिवर्तन नेपालका अध्यक्ष शिवराज कँडेलले बताउनुभयो । साथै तालिम असोज १० गते देखि असोज १४ गते सम्म, गौरवशील किसान कृषि सहकारी संस्था लिमिटेडको परिसरमा सञ्चालन हुने बताउनुभयो ।