भुवनबस्तिमा निशुल्क उद्घोषण तालिम सुरू

गुञ्जनगर, १० आश्विन । गौरवशील किसान कृषि सहकारी संस्था लिमिटेडको आयोजनामा पाँच  दिने निःशुल्क उद्घोषण तालिम बुधवार बाट भुवनबस्तिमा सुरु भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि एवम् भरतपुर १८ का वडाध्यक्ष बाबुराम रानाले कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । कार्यक्रमको उद्घाटन गर्दै रानाले बोल्नेको पिठो नि बिक्छ नबोल्नेको चामल पनि बिक्दैन भन्दै आजको समय भनेको बोल्नेको समय रहेको बताउनुभयो । अझै पनि समाजमा खुलेर बोल्न नसक्दा त्यसको प्रत्यक्ष असर समाजको विकास र स्तरोन्नतिका लागि पर्ने भएकाले यस किसिमको तालिमहरू आयोजना गर्न पनि वडाध्यक्ष रानाले आग्रह गर्नुभयो । अझै उपयोगी र सृजनशील कार्यक्रम सञ्चालन गरेमा वडाले सधैँ साथ र सहयोग गर्ने पनि उहाँले बताउनुभयो ।

गौरवशील किसान कृषि सहकारी संस्थाका अध्यक्ष प्रकाश खड्काको सभाध्यक्षमा सम्पन्न कार्यक्रममा रोशन काफ्लेले शुभकामना मन्तव्य राख्नु भएको भने सपना थापाले सहजीकरण गर्नुभएको थियो । आश्विन १० गते देखी १५ गतेसम्म सञ्चालन हुने तालिमको पहिलो दिनमा शिवराज कँडेलले प्रशिक्षण दिनुभएको थियो ।