मधेशका मुख्यमन्त्रीलाई कालोमोसो दल्ने चेतावनी दिएका अरुण झा पक्राउ

जनकपुरधाम,११ आश्विन । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवविरुद्ध सामाजिक सञ्जालमा स्टाटस लेखेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । धनुषा प्रहरीले बुधवार राति अभियन्ता अरुण झालाई पक्राउ गरिएको धनुषाका प्रहरी प्रमुख एसपी विश्वराज खड्काले पुष्टि गरे ।

उनले सामाजिक सञ्जालमा मुख्यमन्त्रीविरुद्ध लेखेको उजुरीको आधारमा झालाई पक्राउ गरिएको बताए । उनका अनुसार झाविरुद्ध मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले उजुरी दिएको छ ।

झाले सामाजिक सञ्जाल फेसबुकमा मुख्यमन्त्रीलाई कालोमोसो दल्ने चेतावनी दिएका थिए । उनले लेखेका थिए, ‘मंलगवामा भएको घटनाको दोषीलाई कारबाहीरगोली हान्नुस् मुख्यमन्त्री सरोज यादव ज्यू । नत्र हामी तपाईँलाई छिट्टै कालोमोसो दल्छौँ ।‘

ताजा समाचार