सेन्ट्रल कलेजलाई युनाइटेड गोल्डकप

पूर्वीनवलपरासी, १२ आश्विन । युनाइटेड गोल्डकप फुटबल उपाधि सेन्ट्रल कलेज २८ बिगाहले हात पारेको छ । बिहीबार भएको फाइनल खेलमा नवज्योति युवा क्लब हसौरालाई १(२ गोलले पराजित गर्दै सेन्ट्रल कलेजले उपाधि जितेको हो । विजेताले २ लाख २५ हजार ५ सय ५५ नगद र उपविजेताले १ लाख ३५ हजार ५ सय ५५ नगद पुरस्कार पाएका छन् ।

२० फुटवल क्लब सहभागी प्रतियोगिताको उत्कृष्ट खेलाडीको कप सेन्ट्रल कलेज २८ बिगाहका जितेश गुरुङले जितेका छन् भने सर्वाधिक गोलकर्ताको कप नवज्योति युवा क्लब हसौराका आशीष महत्तोले हात पारे । उनले खेल अवधिभर ८ गोल गरेका थिए ।

नवज्योति युवा क्लबका किपर राहुल मुखियाले उत्कृष्ट किपरको पुरस्कार प्राप्त गर्दा अनुशासित टिमको पुरस्कार चोरमारा युवा क्लबले प्राप्त गरेको छ । सेमिफाइनल प्रवेश गरेर बाहिरिने गोर्खा फोर्स सिसेनी र हरियाली युवा क्लब रजहरले २५ हजार ५ सय ५५ नगद पाए ।

भदौ २२ गतेदेखि सरस्वती मावि गिरुबारीको खेल मैदानमा प्रतियोगिता संचालन गरिएको हो । आयोजक युनाइटेड युवा क्लबले गोल्डकपको ३८ औं संस्करण संचालन गर्ने घोषणा गरेको छ ।