एमाले बागमती प्रदेश निर्वाचन : चितवनबाट उपाध्यक्ष सहित २३ जना निर्वाचित

खैरहन, १३ आश्विन  । नेकपा एमाले बागमती प्रदेश कमिटीको उपाध्यक्षमा चितवनका दावा दोर्जे लामा सहित अन्य २२ जना सदस्यमा निर्वाचित भएका छन् ।

उपाध्यक्षमा लामा सहित २ जना सदस्यमा निर्वाचनबाट र २० जना निर्विरोध निर्वाचित भएका हुन । काठमाडौमा भएको प्रदेशको प्रथम अधिबेशनबाट लामा अत्याधिक मतका साथ  निर्वाचित भएका हुन् । उपाध्यक्षमा लामा सहित चार जना चुनावी मैदानमा थिए । कुल खसेको मत मध्ये उपाध्यक्षमा निर्वाचित लामाले ६१५ मत प्राप्त गरे । प्रतिस्पर्धीहरु ईश्वर चन्द्र पोखरेलले २२१ मत, नारायण खतिवडाले २०९ मत र राजेन्द्र राजथलाले ९० मत मात्र प्राप्त गरे ।

निर्वाचित लामा सबै उम्मेदवार मध्ये सबैभन्दा बढी मत ल्याउनेमा पहिलो नम्बरमा रहे । उपाध्यक्षमा निर्वाचित लामा यस अघि प्रदेश सचिवालय सदस्य थिए भने उनी बागमती प्रदेश सरकारका पूर्व मन्त्री पनि हुन । प्रदेश कमिटीमा २ जना खुला प्रतिस्पर्धाबाट निर्वाचित हँुदा २० जना सर्वसम्मत चयन भएका छन् । खुला प्रतिस्पर्धाबाट कृष्णप्रसाद सिलवाल र अस्विन घिमिरे निर्वाचित भएका हुन ।

प्रदेशका सांसद समेत रहेका सिलवालले २९१ मत तथा युवा खुलाबाट निर्वाचित घिमिरेले ३०८ मत प्राप्त गरेका थिए । सर्वसम्मत चयन भएका सदस्यहरुमा भूगोलबाट हरिप्रसाद पौडेल, जगनन्नाथ आचार्य र लÞक्ष्मी कुमारी कोइराला, तेजेन्द्र खड्का, लक्ष्मी चालिसे, सुनिता अधिकारी, कृष्णप्रसाद भुर्तेल, अन्जान तिमिल्सिना, सरस्वती बिष्ट रहेका छन् ।

जिल्ला खुलाबाट गोबिन्द प्रसाद कँडेल, मुकुन्द दाहाल, नारायण वन, राजाराम रेग्मी र खुम नारायण श्रेष्ठ (गोपि) तथा ४० बर्ष मुनी युवाबाट महिला तर्फ निशा अधिकारी र पुरुषतर्फ दिवश पाण्डे, उत्पीडित तर्फबाट श्यामलाल विक, महिला जिल्ला खुलाबाट शारदा कुमाल, बिमला दवाडी र दिब्य शर्मा चयन भएका छन् ।