रत्ननगरमा टिपर दुर्घटना हुँदा दुई जना घाइते

चितवन,१३ आश्विन । चितवनको रत्ननगर नगरपालिका-९ मा टिपर अनियन्त्रित भई दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । खगेरी पुल नजिक शुक्रबार राति ११ः ४५ बजेको समयमा पुर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्र. २-०३-००१ ख ६३७३ नं. को टिपर दुर्घटना हुँदा दुई जना घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यलय चितवनका अनुसार घाइते भएका दुई जना चालक र सहचालको अवस्था सामान्य रहेको छ ।