चितवन मेडिकल कलेज (सिएमसी) ले लापरबाही गरेको आरोप

भरतपुर,१३ आश्विन । भरतपुर १० स्थित चितवन मेडिकल कलेज (सिएमसी) मा बिरामीको जिन्दगीमाथि लापरबाही गरेको आरोप लागेको छ । चितवन मेडिकल कलेजले, बिरामीलाई राम्रो स्वास्थ्य सेवा दिँदै आएको भए पनि बिरामीको सुरक्षा र सुविधा दिन सकेको छैन ।

गैँडाकोट २ बसोबास गर्दै आएकी बिना मगरले आफ्नो श्रीमान् खिम बहादुर मगरलाई आइतबार बिहान करिब ८ बजे ज्वाेराे आएको कारण चितवन मेडिकल कलेजको आकस्मिक वार्डमा लगेकी थिन् ।  अपतालमा सो समयमा कार्यरत कर्मचारीद्वारा खिम बहादुर मगरलाई सेलेन पानी चढाएको र आधी घण्टा सम्म सेलेन पानी मात्रै चढाएका बिना मगरले बताउनुभयो ।

उपचार अघि बढाउन माग गर्दा बिल नभई उपचार अघि नबढ्ने भन्दै मगरलाई आकस्मिक काउन्टरतिर पढाइएको र काउन्टरतिर जाँदा काउन्टर कर्मचारी आक्रोशित भई ८ नं कोठामा जानुस् भन्दै उहाँलाई पठाएको मगरले बताउनुभयो । सो सन्दर्भमा सूचना केन्द्र ८ नं कोठामा जाँदा उपस्थित कर्मचारी विनीता घिमिरेले सम्बन्धित कर्मचारी आकस्मिक वार्डमा पनि हुनहुन्छ भनी मगरलाई फेरी आकस्मिक वार्डतिर पठाएको मगरले बताउनुभयो ।

मगरका अनुसार चितवन मेडिकल कलेजले बिरामीको जिन्दगीभन्दा माथि पैसा राखेको र लापरबाही गरेको आशङ्का गर्नुभयो । “हामी पैसा तिर्छौ तर उपचार त सुरु गर्नुस् बिरामीको जिन्दगी सँग त नखेल्नुस्” उहाँले आँखा भरी आँसु लिँदै आक्रोश साथ बताउनुभयो

“अस्पतालको व्यवस्थापन अनुसार चल्नुपर्छ हामीले आफैँ केही गर्न मिल्दैन” सम्बन्धित विषयमा सोधपुछ गर्दा कर्मचारी विनीता घिमिरेले बताउनुभयो । उहाँले बताउनुभयो,” अवलोकनमा (अबर्जबेशन) राख्दा चाहे त्यो ५ मिनेट होस या ३० मिनेट  थप रु १००० तिर्नु पर्छ “