भुवनवस्तीमा निःशुल्क उद्घोषण तालिम  सम्पन्न

भुवनवस्ती१७ भाद्र  गौरवशिल किसान कृषि सहकारीको पाँच दिने निःशुल्क उद्घोषण तालिम भुवनवस्तीमा सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि एवम् भरतपुर १८ का वडाध्यक्ष बाबुराम रानाले समापन कार्यक्रमको उद्घाटन गरेका थिए । बोल्न सक्ने क्षमता विकास गर्ने प्रमुख उद्देश्यले सञ्चालन भएको तालिमबाट पक्कै सक्दो लाभ उठाएको उनले अपेक्षा गरे ।

सहकारीका अध्यक्ष प्रकाश खड्काको सभाध्यक्षमा सम्पन्न कार्यक्रममा शिवराज कँडेलले प्रशिक्षण दिएका थिए ।