चाडपर्वमा सचेत रहन इलाका प्रहरी कार्यालय चनौलीको अनुरोध

चनौली,१५ आश्विन । चाडपर्वमा सचेत रहन इलाका प्रहरी कार्यालय चनौलीले अनुरोध गरेको छ ।

चाडपर्व नजिकिँदै गर्दा पश्चिम चितवनका विभिन्न क्षेत्रमा चोरीका घटनाहरू बढी रहेको छ । पश्चिम चितवनको चनौली लगायतको आसपासका क्षेत्रमा केही दिन देखी चोरीका घटना बढिरहेको इलाका प्रहरी कार्यालय चनौलीका प्रमुख भानु आचार्यले बताउनुभयो ।

खेतबारीको सिचाइ मोटर हराइ रहेको उजुरी कार्यालयमा धेरै आइरहेकाले विभिन्न टोल विकास संस्थाहरूलाई पनि आफ्नो टोल छिमेकमा सजक रहन  प्रमुख आचार्यले सबैलाई अनुरोध गर्नु भएको छ ।

आफूलाई शङ्कास्पद व्यक्ति जस्तो लागेमा तुरुन्त इलाका प्रहरी कार्यालय चनौलीको फोन न. ९८५५०६१२३४ मा सम्पर्क गर्न समेत अनुरोध गर्नु भएको छ । हराइएका सिचाइ मोटरहरूको अनुसन्धान र खोजी कार्य भई रहेको इलाका प्रहरी कार्यालय चनौलीले जनाएको छ ।