नेपालको राजनीतिक भूलभुलैयाको खुलासा: विगत र वर्तमान यथार्थमा प्रयोगकर्ताको अन्तरदृष्टि

राजनीति राज र नीति मिली बनेको एक शब्द हो । नीतिगत रूपमा कुनै पनि देश, स्थान, समुदाय, सङ्गठन हरेक ठाउँ जाहा एकले अर्कालाई असर पुग्छ त्यहाँ राजनीति हुन्छ । हाल हामी राजनीति भन्नाले नेता, सांसद, कानुन इति आदि भनेर चिन्ने गर्छौँ । राजनेता भनेको एउटा राज्यको नेता जसले कानुनको अधीनमा रहेर देश विकास र देशको हितमा काम गर्छ । राष्ट्रपति लोकतान्त्रिक गणतन्त्र देशको वा राष्ट्रको सबै भन्दा ठुलो पद मानिन्छ ।

नेपालको राजनीतिक इतिहास

वि.स २०६५ जेठ १५ गते नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो। धेरै वर्षको सङ्घर्षपछि राजनीतिक दलहरू प्रतिबन्ध लगाइएपछि अन्ततः १९९० मा जनआन्दोलन सुरु गर्न पर्याप्त साहस जुटाएर तत्कालीन राजा वीरेन्द्रले संवैधानिक सुधारलाई स्वीकार गरे र राजाको नेतृत्वमा बहुदलीय संसद् स्थापना गरे । र कार्यकारी प्रधानमन्त्री। मे १९९१ मा नेपालमा पहिलो पटक संसदीय निर्वाचन भयो । सन् १९९६ फेब्रुअरीमा माओवादी पार्टीहरूले राजतन्त्र र निर्वाचित सरकारविरुद्ध जनयुद्धको घोषणा गरे।

त्यसपछि १ जुन २००१ मा, एक भयानक त्रासदीले राजा वीरेन्द्र र रानी ऐश्वर्या सहित सम्पूर्ण शाही परिवारलाई तिनीहरूका धेरै नजिकका नातेदारहरू मेटाइदियो। राजा वीरेन्द्रका भाइ ज्ञानेन्द्र र उनको परिवार मात्र बाँचेपछि उनलाई राजाको राज्याभिषेक गरियो। राजा ज्ञानेन्द्रले केही समय निर्वाचित सरकारको पालना गरे र त्यसपछि निर्वाचित सांसदलाई निरङ्कुश सत्ता चलाउन खारेज गरे। अप्रिल २००६ मा, काठमाडौँमा सबैभन्दा बढी ऊर्जा केन्द्रित गर्दै लोकतान्त्रिक पार्टीहरूले संयुक्त रूपमा अर्को जनआन्दोलन सुरु गर्‍यो जसले  १९ दिनको कर्फ्युको नेतृत्व गर्‍यो।

अन्ततः राजा ज्ञानेन्द्रले सत्ता त्यागेर संसद् पुनर्स्थापना गरे । २०६२ साल मङ्सिर २१ गते प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र माओवादी अध्यक्ष प्रचण्डले देश र जनताको प्रगतिका लागि लोकतन्त्र र शान्तिप्रति प्रतिबद्ध रहेको बृहत् शान्ति सम्झौता (सीपीए) २००६ मा हस्ताक्षर गरेका थिए । अप्रिल १०, २००८ मा संविधानसभाको निर्वाचन भएको थियो। मे २८, २००८(वि.स २०६५ जेठ १५)  मा नव निर्वाचित संविधानसभाले २४० वर्ष पुरानो राजतन्त्रको अन्त्य गर्दै नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गर्‍यो। नेपालमा आज राष्ट्रप्रमुखको रूपमा राष्ट्रपति र सरकारको नेतृत्व गर्ने प्रधानमन्त्री छन्।

 नेपालको राजनीतिको हाल अवस्था

हामीलाई थाहा नै छ, नेपाल प्रजा परिषद् नेपालमा राणा वंश विरुद्ध, क्रान्तिको नेतृत्व गर्ने सङ्गठन गठन गर्ने पहिलो प्रयास थियो। टङ्क प्रसाद आचार्यको नेतृत्वमा, यो समूह १९३६ मा स्थापना भएको थियो, र यसलाई नेपालको पहिलो राजनीतिक दलको रूपमा हेरिन्छ। हाल नेपालमा धेरै राजनीति दलहरू छन्। विभिन्न दलहरू भयकोकारण उनीहरूको विचार,धारण, र काम गर्ने तरिका पनि फरक छन्। त्यस कारण एकको कामलाई अर्कोले समर्थन नगर्ने परिस्थिति स्थापित  हुन्छ। त्यसतै एउटाको कार्यकाल भइन् जेलसम्म एउटा नीति र त्यो दलको कार्यकाल समाप्त भई, अर्को दलको कार्यकाल सुरुहुदा प्रथम दलको नीति विगठन गरी नयाँ नीति आयोजना गरिन्छ। त्यस कारण नेपालमा राजनीतिक अस्थिरता बनी रहन्छ। मेरो पार्टी अघि बढोस् र मेरो पार्टी विकास होस भन्ने भावना, विचारले मेरो देश अघि बढोस् र विकास गरोस् भन्ने भावनालाई दबाएको छ। सरकार र जनताको विचार,धारणा एक आपसमा मेल नखाने भयाकोले जनताहरू बेला बेलामा आन्दोलन गर्न बाटोमा उत्रिन बादे भयका छन्।

हाल नेपालमा राजनीतिक अस्थिरता, विश्वास र समर्थनको कमी नेपाली राजनीतिको मुख्य समस्या बनेको छ। सरकारले देश धान नसकेको हो कि, देशले सरकार लाई बुझ्न गारो पो छ । ठुला मन्त्री विदेश भ्रमणमै ठिक हुन्छन् भने, ठुला मन्त्रीको दलको नेताहरू सुनलाई टलकाउदैमा, कोही फेरी भाषणमा व्यस्त हुन्छन् । ५ वर्षको समय छ त, किन मुख चलाउनुहुन्छ ?, हात र दिमाग चलाउनुस् । दिमाग चलाउनु पनि भन्न मिलने, त्यही बढी दिमाग चलेको भए र त, गरिब झन् गरिब र धनी झन् धनी भाको छ, अझै बढी दिमाग चल्यो भनी त नेपाल नै नरहला !!, भो अब दिमाग बन्द गर्नुस् हात नै चलाउनुस्, कमतिमा मधुमेह रोग लाग्ने सम्भावना त कम हुन्छ ।

कति नेतालाई कोट्याउनु, जनताकोनी सुनौँ,

भाग २ मा (जनताहरू आफैँ चोर, आफैँ प्रशासन !?) 

सम्राट थापा/ चितवन आवाज

ताजा समाचार