झण्डै एक करोड रुपैयाँको म्याद गुज्रिएको बियर विभागले चितवनको कम्पनीमै लगेर नष्ट गर्‍यो

चितवन, १५ आश्विन । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको टोलीले झण्डै एक करोड रुपैयाँको बियर नष्ट गरेको छ । काठमाडौँको धुम्बाराहीबाट बरामद भएको बियरलाई विभागले चितवनमा रहेको कम्पनीमै लगेर नष्ट गरेको हो । तर, विभागले बियर कम्पनीको नाम भने खुलाएको छैन ।

विभागका अनुसार बजार अनुगमनका क्रममा म्याद गुज्रिएको पाइएपछि ९७ लाख ५६ हजारभन्दा धेरै रुपैयाँ बराबरको बियर नष्ट गरिएको छ ।

हिजो काठमाडौँको पेप्सीकोला, बालाजु, असन क्षेत्र र भक्तपुरका विभिन्न ठाउँमा अनुगमन गरेको विभागले पेप्सीकोलामा रहेको एक किराना पसललाई सिल गरिएको छ ।