सरकारले बझाङ भूकम्पका पीडितलाई निशुल्क उपचार, क्षतिपूर्ति र राहत दिने

कैलाली,१७ आश्विन । मङ्गलबार बझाङको तल्कोट केन्द्र बनाएर गएको भुकम्पबाट प्रभावित भएकाहरुलाई सुदूरपश्चिम प्रदेश सरकारले क्षतिपूर्ति र राहतको व्यवस्था गर्ने भएको छ । आज मुख्यमन्त्री तथा मन्त्री परिषद् कार्यालयमा बसेको सरोकारवालाहरुको बैठकमा सरकारले खाद्यान्न, उपचारदेखि क्षतिपूर्ति सम्मको व्यवस्था गर्ने जनाएको हो ।

उद्योग पर्यटन तथा तथा वातावरण मन्त्री रमेश धामीले भने, ‘भूकम्प पीडितलाई खाद्यान्न उपलब्ध गराउने र क्षतिपूर्ति दिने निर्णय भएको छ । सम्पुर्ण उपचार खर्च सरकारले व्यहोर्ने छ ।’ भुकम्पले पुर्याको क्षतीको निषयमा सुदूरपश्चिमप्रदेश मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा मुख्यमन्त्री, मन्त्रीसहित सुरुक्षाकर्मी, रेडक्रस, युएन एजेन्सी सहितको बैठक बसेको हो ।

मंगलबमर ३ बजेर ६ मिनेटमा ६.३ रेक्टरको भुकम्प जाँदा १ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् । भुकम्पले बझाङ सहित आसपासमा गरि सयौं घरमा क्षति पुगेको छ ।