के डेगीं सम्बन्धी समाचारले तपाईँको ध्यान आकर्षित गर्छ ?

पक्कै तपाईंको ध्यान डेंगी सम्बन्धी समाचारले तान्ने गरेको छ । त्यो किनभने, डेंगी हाम्रा लागि सानो कुरा होइन— गत वर्ष यही रोगले नेपाललाई कति नराम्रोसँग प्रभावित गरेको थियो हाम्रो स्मृतिमा ताजै छ । तर विगतमा भएका नराम्रा घटनाहरुलाई उपेक्षाको व्यवहार गर्ने मानवीय गुण हो त्यसैले यस वर्ष डेंगीको खतराप्रति बेपरवाह हुनसक्छौं । हामी यस विषयमा तपाईलाई तर्साउने पक्षमा नभएर तपाईंको परिवारलाई डेंगुबाट सुरक्षित राख्नका लागि आवश्यक सावधानी अपनाउन आग्रह गर्न चाहन्छौं ।

डेंगीसम्बन्धी तथ्य

डेंगी एक लामखुट्टेले सार्ने रोग हो, जसले विश्वको करिब आधा जनसंख्यालाई प्रभावित गर्ने गरेको छ। Aedes aegypti र Aedes albopictus  प्रजातिको लामखुट्टेको टोकाइबाट यो रोग सर्छ । यी लामखुट्टेहरू उष्ण र उष्पोण जलवायुमा पाइन्छ । नेपालका शहरी तथा अर्ध शहरीहरूको वातावरण यस्तै छ ।

डेंगीका अधिकांश लक्षण उस्तै हुन्छन्, तर केही बिरामीलाई अत्यधिक ज्वरो वा डेंगी–शक सिन्ड्रोम पनि देखिन सक्छ । यी दुवै मानव जीवनका लागि जोखिमको अवस्था हो र समयमै उपचार भएन भने बिरामीको मृत्युसमेत हुन सक्छ ।

डेंगीको छुट्टै उपचार उपलब्ध छैन, तर लाग्ने वित्तिकै रोगको पहिचान र उचित चिकित्सा सेवा पाउन सके ज्यान जोगाउन सकिन्छ । डेंगी संक्रमणको रोकथामका निम्ति रोगवाहक लामखुट्टे नियन्त्रण, त्यसले फुल पार्ने स्थान नष्ट तथा लामखुट्टे भगाउने तरल पदार्थको प्रयोग गर्न सकिन्छ ।

(विश्व स्वास्थ्य संगठनबाट प्राप्त जानकारी)

 

 

ताजा समाचार